बागमतीस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको मिति तय

बागमतीः मकवानपुरको बागमती गाउँपालिकाले पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताको मिति तय गरेको छ । सोमबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा पालिका अन्तर्गत सञ्चालित विद्यालयका प्रधानाध्यापकहरु त्था प्रतियोगिता व्यवस्थापन समितिको संयुक्त बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।

बैठकले आगामी पुस ७, ८ र ९ गते तीन दिन पालिस्तरीय छनौट प्रतियोगिता सञ्चालन गर्ने भएको छ । वडा नम्बर ४ स्थित सहिद स्मृति रंगशालामा हुने प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म नियमित अध्ययनरत १८ वर्षभन्दा मुनि उमेरका खेलाडीले सहभागि जनाउँन पाउनेछन् । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ भलिबल, कबड्डी, एथलेटिक्ट र मार्सल आर्टका खेलहरु हुनेछन् ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.