पत्रकार महासंघ मकवानपुरको निर्वाचन: बुधबार उम्मेदवारी दर्ता


मकवानपुरः नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारहरुले आ(आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

महासंघ मकवानपुर शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि शिव कुमार रिजाल, पोष्टराज अधिकार, सुरेश श्रेष्ठ, बालकृष्ण अधिकारी र अञ्जली थापाको उम्मेदवारी परेको छ । यस्तै खुल्ला उपाध्यक्ष र महिला उपाध्यक्ष एक(एक जना कोटामा दुई(दुई जनाको उम्मेदवारी परेको छ । यस्तै एक सचिवका लागि तीन जना, एक कोषाध्यक्षका लागि दुई जना, खुल्ला सह(सचिव र समावेशी सह(सचिव एक(एक जना कोटामा दुई(दुई जनाको उम्मेदवारी परेको छ । यस्तै दलित सदस्य, महिला सदस्य र जनजाति सदस्यमा एक(एक जना कोटामा दुई(दुई जना र खुल्ला सदस्य ६ जनाको कोटामा १३ जनाको उम्मेदवारी परेको छ । यस्तै मधेसी सदस्य कोटामा भने एक जना निर्विरोध भएको छ ।

निर्वाचन तालिका अनुसार बिहिबार उम्मेदवारी फिर्ता लिने र अन्तिम नामवली प्रकाशन गरिनेछ । महासंघको निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार मतदान हुनेछ । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको १८ सदस्यीय समिति चयनका लागि निर्वाचन हुँदैछ । ३ वर्षे कार्यकालका लागि एक सय १७ जना मतदाताले मतदान गर्नेछन् । यसअघि गत शनिबार संघीय समितिको र सोमबार प्रदेश समितिको उम्मेदवारी दर्ता भएको थियो । संघीय समितिको अध्यक्ष पदका लागि निर्मला शर्मा र रमेश विष्टको उम्मेदवारी परेको छ भने बागमती प्रदेश समितिको अध्यक्ष पदका लागि शिव देवकोटा र कृष्ण सारु मगरले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.