बागमती: मकवानपुरको बकैया गाउँपालिकामा करेन्ट लागेर एक पुरुष गम्भीर घाइते भएका छन् ।
बुधबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा बकैया(६ स्थित टिकुलेका २८ वर्षीय मनोज भोलन आफ्नै घर नजिकै रहेको ट्रान्समिटरको फ्यूज जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको हो ।
स्थानीय जनप्रतिनिधीका अनुसार भोलनलाई करेन्ट लागेको भन्ने खबर साँझ ८ बजे खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो । घाइते भोलनलाई आफन्तले उपचारको लागि सिटि अस्पताल निजगढ बारा लगिएकोमा राती ११ बजे थप उपचारका लागि बिरगंजस्थित बयोधा अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । भोलन विध्युत प्राधिकरणका कर्मचारी नभएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।