बकैयामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

मकवानपुर: मकवानपुरको बकैया गाउँपालिका-५,तिनतल्ले स्थित मदन भण्डारी लोकमार्गमा ट्रक दुर्घटना भएको हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक हेटौंडा-१४ मयुरधापका ४० वर्षीय रवि थापा मगर र उनका १३ वर्षीय छोरा रिहान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज आइतबार बिहान ७ बजेको समयमा उक्त सडकखण्डमा हेटौंडाबाट फापरबारीतर्फ सिमेन्ट लोड लिएर आउँदै गरेको ना ५ ख ४६५६ न को ट्रक सडकको बायाँ साईडमा पल्टेर दुर्घटना भएको हो । ट्रक दुर्घटना भएको भन्ने जाकारी प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट गरगरेबाट प्रहरी सहायक निरीक्षक बैजु सहनिको कमाण्डमा टोली खटिएको थियो । प्रहरीका अनुसार ट्रक अचानक ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेका चालक थापाको टाउको र शरिरको विभिन्न भागमा चोट र अवस्था मध्यम रहेको तथा उनका छोराको अनुहार र खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जनाएको छ। घाइते दुवै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.