सुर्य माविको सप्ताहव्यापी कार्यक्रमः बिहिबार रक्तदान

बागमतीः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १, माझगाउँस्थित सुर्य माविले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिरहेको छ । गत शनिबारबाट विद्यालयले आफ्नो ५० औं वार्षिककोत्सवको अवसरमा स्वणर् जन्मोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आयोजना गरिरहेको हो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार विद्यालयले सरसफाइ तथा मर्मत श्रमदान कार्यक्रम आयोजना गरेको छ । विद्यालयले शनिबार र आइतबार चन्दा संकलन कार्यक्रम आयोजना गरेको थियो । यस्तै विद्यालयले मंगलबार हाजिरी जवाफ, वक्तृत्वकला र चित्रकला प्रतियोगिता आयोजना गर्दैछ भने बुधबार खेलकुद प्रतियोगिता आयोजना गर्दैछ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहिबार रक्तदान कार्यक्रम हुने भएको छ । विद्यालयको आयोजना, विद्यालयमा क्रियाशिल जुनियर रेडक्रस सर्कल र सुर्य स्काउट टुपको समन्वयमा हुने कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर र फापरबारी उपशाखाको प्राविधिक सहयोग रहने जनाएको छ । बिहिबार बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने विद्यालयले जनाएको छ ।

बिहिबार नै भुपु विद्यार्थी समुह गठन गर्ने र शुक्रबार स्मारिका विमोचन, स्काउट टुपद्वारा कला प्रदर्शन, विज्ञान कला प्रदर्शनी, चित्रकला प्रदर्शनी, गायन तथा नृत्य र खेलकुद प्रदर्शन गरी सप्ताहव्यापी कार्यक्रम समापन गर्ने विद्यालयले जनाएको छ ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.