पत्रकार महासंघ बागमती प्रदेशका नवनिर्वाचित अध्यक्ष सारुसहितले गरे पदभार ग्रहण

मकवानपुर: नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा अध्यक्ष र महासचिवको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बिहान हेटौँडा–११ स्थित महासंघको कार्यालय परिसरमा निर्वाचन समितिले कृष्ण सारु मगरको नेतृत्वमा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै अध्यक्ष मगर र महासचिव राधेश्याम खतिवडालाई महासचिवको पदभार ग्रहण गराइएको हो ।

निर्वाचन समितिका संयोजक प्रताप विष्टको अध्यक्षतामा प्रमाणपत्र वितरण कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका निवर्तमान अध्यक्ष शिव देवकोटाको पनि उपस्थिति रहेको थियो । मंसीर २८ गते सम्पन्न निर्वाचनबाट मकवानपुरका कृष्ण सारु मगरको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । पदस्थापन समारोहलाई सम्बोधन गर्नुहुँदै कृष्ण सारु मगरले सबैको साथ र सहयोगमा अध्यक्षको जिम्मेवारी प्राप्त भएको उल्लेख गर्नुहुँदै सबैको साथ र सहयोगमा महासंघ सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहनुभएका निर्वाचन समिति संयोजक प्रताप विष्टले तीन पटक मिति तय भएर पनि निर्वाचन हुन नसक्दा कमजोर बनेको महासंघ निर्वाचन सम्पन्न भएसँगै सवल देखिएको बताउनुभयो । उहाँले महासंघको गरिमा रहने गरी नवनिर्वाचित समितिले काम गर्नुपर्ने सुझाव दिनुभयो । प्रदेश समिति कान्छो समिति समेत भएकोले काम, गर्न, गराउन चुनौति रहेको उहाँको भनाइ थियो । कार्यक्रममा निवर्तमान समितिका पदाधिकारी तथा सदस्यलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.