लागुऔषध ओनरेक्ससहित हेटौंडाबाट २ जना पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले लागुऔषध ओनरेक्ससहित २ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ ५ बजेर ३० मिनेटको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा(१५, रातोमाटे चेकपोईन्टस्थित पुर्व(पश्चिम सडकखण्डबाट ५ बोतल ओनरेक्ससहित २ जनालाई पक्राउ गरेको हो ।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६१ प ७४९२ नम्बरको मोटरसाइकललाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा उक्त लागुऔषध बोकेका मोटरसाइकल चालक हेटौंडा(६ का २५ वर्षीय निश्चल विश्वकर्मा र पछाडी सवार बारा जितपुर सिमरा(३ का १९ वर्षीय आर्यन अन्सारीलाई प्रहरीले पक्राउ गरेका हुन् ।

प्रहरीले उनीहरुमाथी शंका लागेर रितपुर्वक खानतलासी गर्दा १ सय एमएलको ५ बोतल ओनरेक्स फेला पारी बरामद गरेको छ । उक्त लागूऔषधसहित दुवै जनालाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप अनुमती लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.