मकवानपुर: मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ जिल्लाको रोराङ गाउँपालिका-२ स्थिर ताल्तीका ३५ वर्षीय सोमिलाल चेपाङ र सोही ठाउँका २० वर्षीय किशोर चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीवार दिउँसो ४:३० बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा(१९, नेवारपानीस्थित पुर्व(पश्चिम सडकखण्डमा सवारी साधानहरु रोकी सुरक्षाजाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु ३ ख १७४१ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरुको साथबाट गाँजा फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुले बोकेको झोलाबाट १४ किलो ८ सय ३० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । उक्त गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।