बागमतीः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १, माझगाउँस्थित सुर्य माविको स्वर्ण जयन्ती अन्तर्गत आयोजना भएको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई र बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि पुलामीले दीप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको सुरुवातमा सूर्य मावि स्काउटले मार्च पास र कला प्रदर्शन गरेका थिए । कार्यक्रमका बीच सूर्य मावि स्मारिका विमोचन गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले विज्ञान कला प्रदर्शन, विव्यस अध्यक्ष वीर बहादुर राईले विव्यसको कार्यसम्पादन प्रतिवेदन तथा कार्यपत्र प्रस्तुत र प्रधानाध्यापक दिल बहादुर भोलनले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका बीच विद्यालयमा अध्ययन गर्ने पूर्व विद्यार्थीहरू हाल सरकारी सेवामा कार्यरत र निवृत्त कर्मचारीहरूसहित १५ जनालाई सम्मान गरिएको छ । सेवाबाट निवृत्त हुने शिक्षकहरूमा विद्यालयका संस्थापक शिक्षक सूर्य बहादुर राई, पूर्व प्रधानाध्यापक रत्न बहादुर राई, पूर्व शिक्षकहरू भुवन प्रसाद राई र डम्बर बहादुर राई र ज्ञान प्रसाद राई रहेका छन् । यस्तै पूर्व विद्यार्थी एवम् हाल सरकारी सेवामा बहाल रहेका शिक्षकहरू प्रेमबहादुर बोम्जन, प्रमोद कुमार राई, आसमान बोम्जन, सरस्वती काफ्ले, क्षेत्र बहादुर भोलनलाई सम्मान गरिएको छ । यस्तै हाल निजामती सेवामा कार्यरत पूर्व विद्यार्थीहरू दिनेश पौडेल ९अधिकृत स्तर सातौं तह०, मिठु माया भोलन ९अहेब०, दुर्गाराज भोलन ९जनपथ प्रहरी०, पासाङ लामा ९जनपथ प्रहरी० र सन्त बहादुर वाईबा ९जनपथ प्रहरी० लाई सम्मान गरिएको छ ।
भूपु विद्यार्थी संगठनको संयोजकमा पौडेल
विद्यालयले दिनेश पौडेलको संयोजकत्वमा भूपु विद्यार्थी संगठनको ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको कोषाध्यक्षमा अन्जना सिंतान र सचिवमा तुल बहादुर स्याङ्तानलाई चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा मिठु माया भोलन, आस्मान बोम्जन, दुर्गाराज भोलन, क्षेत्र बहादुर भोलन, अस्मिता राई र प्रकाशमान राई चयन हुनुभएको छ । समितिको सल्लाहकारमा प्रमोद राई र ज्ञान बहादुर राई चयन हुनुभएको छ । कार्यक्रमको सहजीकरण शिक्षक सर्वज्ञराज खरेलले गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्क बहादुर पुलामी, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिकाका अध्यक्ष अरुण बल र शिक्षा शाखा प्रमुख प्रमोद कुमार राई लगायतले मन्तव्य राख्नुभएको थियो ।