मकवानपुरः मकवानपुरको राक्सिराङ गाउँपालिकामा रुखको हाँगा खसेर लाग्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ(५ स्थित ठाडे गाँउका ५२ वर्षीय महादेव प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार बिहान १० बजेर ५० मिनेटको समयमा वडा नम्बर ३, सिमलडाँडास्थित जंगलमा पानीको कुलो खन्नका लागि प्रजासहित १० जना पुगेका थिए । कुलो खन्ने क्रममा एक्कासी सिमलको रुखको हाँगा भाँचिएर खस्दा प्रजालाई लागेको र मृत्यु भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।