मकवानपुर: मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का २७ वर्षीय सनिप भोम्जन र वडा नम्बर २ का २१ वर्षीय विशाल क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएको शुक्रबार राती ८:१० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-१५, रातोमाटे चेकपोष्टस्थित पुर्व-पश्चिम सडकखण्डमा सवारीसाधनहरु रोकी सुरक्षाजाँच गर्ने क्रममा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३५ प ५८११ नम्बरको मोटरसाईकलमा उनीहरुले खैरो हेरोइन ल्याएको पाइएको थियो।
मोटरसाइकल चालक भोम्जन र पछाडी सवार क्षेत्रीलाई शंका लागेर खानतलासी गर्दा मोटरसाइकलको साईड लाईट बत्तीभित्र लुकाई छिपाई ल्याएको अवस्थामा ८ ग्राम ५ सय ५० मिलि ग्राम लागूऔषध खैरो हेरोइन फेला पारी प्रहरीले बरामद गरेको हो ।
उक्त लागूऔषधसहित सनिप दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट दिन १५ को म्याद थप अनुमती लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।