बागमती गाउँपालिकामा पालिका स्तरीय अन्तर विद्यालय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। आजबाट बागमती गाउँपालिका वडा न. ४, झुरझुरेमा रहेको सहिद स्मृति रंगशालामा प्रतियोगिताको सातौ सस्करण सुरु भएको हो।
बागमती गाउँपालिका खेलकुद बिकास समिति अध्यक्ष रहर मान थिङको सभाध्यक्षतामा भएको प्रतियोगिता समुउत्घाटन कार्यक्रममा प्रमुख अथिती बागमती प्रदेश सभा सदस्य माननीय प्रेम बहादुर पुलामी,बिशेष अथिती बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला समन्वय समिति सदस्य खडक बहादुर पुलामीको आथित्यता रहेको थियो।
स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा सहित बागमती गाउपालिका बिगत केही बर्ष देखि हुँदै आएको विभिन्न बिधाको खेलकुद क्रियाकलापले बागमती गाउँपालिकाको छुट्टै पहिचान बनाएको छ। साथै बागमती गाउपालिका पनि खेलकुदमा राम्रो लगानी गर्दै आएको छ। बागमती गाउँपालिकामा बिगत केही बर्ष देखि हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको सातौं सस्करणलाई सम्बोधन गर्दै माननीय प्रेम बहादुर पुलामीले खेलकुद लाई विद्यालयमा अतिरिक्त क्रियाकलापको लिने गरेको भन्दै पाठ्यक्रममानै खेलकुदलाई समाबेश गरेर शिक्षणसंगै प्रयोगात्मक बनाउनु पर्ने बताउनु भयो। यसै क्रममा बागमती गाउँपालिकामा खेलकुद मात्रै नभई कला,संगितलाई पनि संगै लिएर जानू पर्ने बताउदै त्यसको लागि स्थानीय सरकारको तर्फबाट गर्नु सहयोग रहने बताउनु भयो।
यस पटकको सतौ सस्करणमा बागमती गाउपालिका रहेको ५ ओटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न बिधाका खेलहरुमा सहभागिता जनाएका छन। आज भएको खेलमा जनता माध्यमिक विद्यालय,बाघभैरब माध्यमिक विद्यालय,देवकी माध्यमिक विद्यालय,सुर्य माध्यमिक विद्यालय,बागमती माध्यमिक विद्यालयका विद्यार्थीहरुले सट्फुट,तेक्वान्दो ,कराते,ज्याबिङ र १०० मिटर दौड लगायतका खेलमा सहभागिता जनाएका छ्न भने फाइनल खेल हुन बाकी छ।