राईगाउँ र फापरबारीमा छाती रोग सम्बन्धी निशुल्क एक्स-रे सेवा हुँदै

बागमतीः बागमती गाउँपालिकामा छाती रोग सम्बन्धी निशुल्क एक्स-रे सेवा सञ्चालन हुने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा दुई दिन निशुल्क रुपमा उक्त सेवा सञ्चालन हुन लागेकोे हो ।

पालिकाको स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ताका अनुसार आगामी पौष १७ र १८ गते उक्त सेवा सञ्चालन हुनेछ । पौष १७ गते राईगाउँ स्वास्थ्य चौकीमा र दोस्रो दिन फापरबारीस्थित बेतिनी स्वास्थ्य चौकीबाट सेवा प्रवाह हुने प्रमुख गुप्ताले बताउनुभयो । उक्त दिन बिहान ९ बजेदेखि ४ बजेसम्म उपस्थित भएर सेवा लिन सकिने उहाँले बताउनुभयो । उक्त दिन दम, खोकी तथा छाती रोगको पनि चेकजाँच गर्न सकिने जनाएको छ । आफ्‌नो घरपरिवारमा उक्त समस्या भएका व्यक्तिहरु भएमा लिएर आई सेवा लिन पनि उहाँले अनुरोध गर्नुभयो ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.