संघीयताको रक्षा अहिलेको आवश्यक्ता हो : राष्ट्रियसभा अध्यक्ष दाहाल

राजकुमार के.सी.

मकवानपुर, ०९ पौष । संघीयता कठिन संघर्षबाट प्राप्त उपलब्धि भएकोले यसको रक्षा, विकास र संरक्षण गर्नु अहिलेको आवश्यकता भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताए ।

मंगलबार काठमाडौंमा सम्पन्न “संघीयता, राष्ट्रिय सभा र आगामी कार्यभार” विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि दाहालले संघीयताका कारण देशमा आर्थिक समृद्धि, सुशासन, ऐन कानुन निर्माण र सामाजिक न्यायको क्षेत्रमा सुधार हुँदै गएको बताए ।

उनले संघीयताको संस्थागत विकासको लागि राष्ट्रिय सभाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । 

संघीय संसद राष्ट्रिय सभा र फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको संयुक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहको पक्षमा भूमिका खेल्नुपर्ने बताईन् ।

राष्ट्रिय सभाका सत्ता पक्ष र विपक्ष दलका नेता, सचेतक र सांसदहरुको सहभागिता रहेको कार्यक्रम फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाको अध्यक्षतामा भएको थियोे ।

अध्यक्ष देवकोटाले नेपालको सातै प्रदेशमा उठेका संघीयताको सवाललाई अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेका थिए ।

त्यस्तै राष्ट्रिय सभाको सचिव डा. सुरेन्द्र अर्यालले संघीयता सबलिकरण सम्बन्धमा राष्ट्रिय सभामा भएको अभ्यास र आगामी कार्यभार बारे कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा राष्ट्रिय सभाका ३३ जना सांसदहरूले कार्यपत्रका बिषयमा आ-आफ्ना सुझाव र धारणा राखेका फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यक्रम निर्देशक प्रह्लाद लामिछानेले बताए।

यसै क्रममा राष्ट्रिय सभाका विपक्षी दलका नेता नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री भएका बेला निजामती र प्रहरी ऐन जारी गर्न लाग्दा ठुला दलका ठुला नेताहरु नै अनुदार देखिएको बताए। 

यससैगरि एकीकृत समाजवादी पार्टीका नेता वेदुराम भुसाल, सत्तापक्षका प्रमुख सचेतक कृष्णबहादुर रोकाया, संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डे, सचिब डा. रोजनाथ पाण्डेले धारणा राखेका थिए । 

आयोजक संस्था फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यकारी निर्देशक प्रकाश पन्थले स्वागत गरेको कार्यक्रममा बोर्ड सदस्य दिलकुमारी रावल थापा(पार्वती) ले धन्यवाद ज्ञापन गरेकी थिईन् । 

अन्तरक्रिया कार्यक्रम राष्ट्रिय सभा र फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको होटल हिमालयमा भएको थियो ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.