मुलुकमा गणतन्त्र प्राप्तपश्चात सबै धर्मले अधिकार पाएको छः अध्यक्ष घलान

बागमतीः बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले  मुलुकमा गणतन्त्र पश्चात प्राप्त धर्म निरपेक्षले मुलुकमा सबै धर्मले अधिकार पाएको बताउनुभएको छ । बुधबार क्रिसमसको अवसरमा गाउँपालिकाभित्रका चर्चहरुमा पुगेर शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष घलान बुधबार बागमती-४ स्थित दर्शन नाजरिन मण्डली, उद्वार मण्डली र बागमती-५ स्थित प्रेस्बिटेरियन चर्च इन नेपालमा क्रिसमस कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै धर्मलाई समान अधिकार गणतन्त्रपछि पाएको बताउनुभएको छ । यो व्यवस्थाभन्दा अगाडि त्यो अवस्था नभएको उहाँको भनाई छ । अहिलेको व्यवस्थाले सबै जाति, वर्ग र धर्महरुलाई हेपिएको अवस्था अन्त्य गर्न सफल भएको उहाँले बताउनुभएको छ । अहिलेको यो व्यवस्थालाई कमजोर बनाउने कुरामा केही पक्षहरु लागि परेको भन्दै उहाँले यसलाई बचाउन आवश्यक रहेको बताउनुभयो ।
गाउँपालिकालाई समृद्ध र नमुना बनाउन सबै लाग्न आवश्यक रहेको भन्दै उहाँले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
कार्यक्रममा बागमती-४ का वडा दन्तलाल माझी, निवर्तमान वडाअध्यक्ष रहर थिङ, कार्यपालिका सदस्यहरु उर्मिला विक र सुनिता नेगी र नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीका अध्यक्ष अरुण बल लगायतको आतिथ्यता रहेको थियो ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.