एमाले थाहा नगर सदस्य र काङ्रेस बाट उमेदवार रहेका समेत दर्जन माओवादीमा प्रवेश।

१० पौष २०८१/मकवानपुर- नेकपा (माओवादी केन्द्र) थाहा नगरपालिका वडा नम्बर ७ कमिटीले बुधबार खवरदारी सभाको आयोजना गरेको छ।

थाहा ७ बतासे डाँडामा भएको खवरदारी सभामा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको थाहा ७ का माओवादी इन्चार्ज दिपेन्द्र कुमार थिङले जानकारी दिए।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संघिय सांसद माधव सापकोटा “सुवोध” को प्रमुख आतिथ्यतमा सम्पन्न खवरदारी सभामा नेकपा एमालेका नगर सदस्य सानुकान्छा थिङ सहित नेपाली काङ्रेस बाट गत निर्वाचनमा उमेदवार रहेकी चन्चली बिक सहित २० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन।
नव प्रवेशीहरुलाई प्रमुख अतिथी सापकोटा,जिल्ला इन्चार्ज बिजय गौतम,नगर अध्यक्ष बिनोद कुमार लामा लगायतकाले टीका तथा माला लगायर स्वागत गरेका थिए।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.