बागमती गाउँपालिका स्तरिय रास्ट्रपति रनिङशिल्डको उपाधी सुर्य माविलाई

बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी सुर्य माविले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा १८ स्वर्ण र १४ रजतसहित सुर्य माविले उपाधी जितेको हो ।


प्रतियोगितामा सूर्य माविकि मेरिना राई उत्कृष्ट खेलाडी घोषित भइन् । उनले  ट्रयाकतर्फ १ स्वर्ण र फिल्ड तर्फ २ स्वर्ण गरी ३ स्वर्ण हात पारिन् । त्यस्तै ४×१०० र ४×४०० को रिले दौडमा समेत आफ्नो टीमलाई स्वर्ण पदक दिलाउन उनको भूमिका रहेको थियो  । त्यस्तै सूर्य माविका आसमान बोम्जन उत्कृष्ट खेल शिक्षक घोषित भए ।
यस्तै १७ स्वर्ण र १० रजतसहित जनता मावि द्दितिय भएको छ भने ८ स्वर्ण र १२ रजतसहित देवकी मावि तृतीय भएको छ । गए पुस ७ गतेबाट सुरु प्रतियोगिता केही विवादपछि स्थगित भएकोमा शनिबार सञ्चालन भएको हो ।


बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती–३ का वडाध्यक्ष एवम् सामाजिक विकास समितीका संयोजक कमान सिं पाखृन, पालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद दर्जी, बागमती–४ का वडाध्यक्ष दन्तलाल माझी, ५ नम्बर वडाका वडाध्यक्ष विजय थोकर, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीका इन्चार्ज ज्ञान सागर भोलन र अध्यक्ष अरुण बल लगायतको आतिथ्यता रहेको थियो ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.