१४ पौष २०८१/बागमती- बागमती गाउँपालिका वडा न.१ माझगाउमा जेष्ठ नागरिकहरुलाई न्यानो ज्याकेट वितरण गरिएको छ। आर्थिक अवस्था कम्जोर ,बिपन्न वडा न. १ भित्रका बृद्ध बृद्धाहरुलाई एक कार्यक्रमका बीच ज्याकेट बितरण गरिएको हो।
बागमती गाउँपालिका वडा न.१ का कार्यवाहक अध्यक्ष हस्त बहादुर थिङ अबिनासको पहलमा ५४ जनालाई न्यानो ज्याकेट वितरण गरिएको वडा सदस्य ज्ञान बहादुर राईल जानकारी दिनु भयो। चिसोका कारण बिपन्न जेष्ठ नागरिकहरुले धेरै कष्टकर जिबन यापन गर्नु परि रहेको भन्दै सहयोगी दाता मार्फत उहाहरुलाई सहयोग गरेको बताउनु भयो।
बागमती गाउँपालिका वडा न.१ निवासी सोम बहादुर बल तामाङले हजुरबुवा नर बहादुर बलको र बुवा ज्ञान बहादुर बलको १५ औं स्मृति दिवसको अवसर पारी बिपन्न जेष्ठ नागरिकहरुलाई कार्यवाहक अध्यक्ष हस्त बहादुर थिङ मार्फत सहयोग उपलब्ध गर्नु भएको छ। न्यानो ज्याकेट वितरण कार्यक्रममा वडा न.१ का सबै जनप्रतिनिधिहरुसंगै समाजसेवी ,युवा ,बुद्धिजीवी लगायतका ब्यक्तित्वहरुको पनि उपस्थिति रहेका थिए।