मनहरी गाउँपालिका-५ बसन्तपुरमा आइतबार साँझ बाघको आक्रमणबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। घाँस काट्न बारीको छेउमा गएकी ७२ वर्षीया कान्छीमाया रुम्बाको बाघले आक्रमण गरी ज्यान लिएको हो।
घाँस काट्न गएको लामो समयसम्म नफर्केपछि खोज्न गएका युवाहरूले बाघ छाडेको शव भेटेका थिए। घटनास्थलमै शवको टाउको र तिघ्राको मासु बाघले लुछेको अवस्थामा भेटिएको छ। घटनास्थल मनहरी गाउँपालिका-५ को कार्यालयबाट करिब १ सय मिटर पश्चिममा पर्छ।
घटना भएको गाउँ केही समयअघि मात्र बाघलाई भैंसिले मारेर चर्चामा आएको थियो। तर, अहिले यो दुखद घटनाले गाउँमा त्रास र शोक फैलिएको छ।
मनहरी गाउँपालिका–५ कै यही क्षेत्रमा केही महिना अघि एक भैँसिले बाघलाई मारेर चर्चामा आएको थियो। स्थानीयहरूको अनुसार, भैंसीको साहसिक प्रतिकारले बाघको मृत्यु भएको थियो, जसले गाउँभरि ख्याती कमाएको थियो। तर, आइतबारको यो दर्दनाक घटनाले गाउँवासीलाई गहिरो पीडा र डरको अवस्था सिर्जना गरेको छ।
बाघको आक्रमण कारण गाउँ वासिको जनजीवन असुरक्षित बन्दै गएको छ। सुरक्षा र जंगली जनावर नियन्त्रणका उपायबारे सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग उठिरहेको छ।