फापरबारीको बेतिनी स्वास्थ्य चौकीमा डिजिटल एक्स-रे मार्फत स्क्रिनिङ क्याम्प, ६०२ स्वास्थ्य परिक्षण १२ जनामा क्षयरोग पुष्टि

१८ पौष २०८१,बिहिवार /फापरबारीः बागमती गाउँपालिका वडा नम्बर ६ स्थित फापरबारीमा डिजिटल एक्स–रे मार्फत स्क्रिनिङ क्याम्प संचालन भएको छ ।

समुदायमा लुकेर रहेका सक्रिय क्षयरोगको खोजपड्ताल कार्यक्रम अन्तर्गत बागमती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा दोस्रो दिन बिहिबार फापरबारीमा स्क्रिनिङ क्याम्प संचालन भएको हो ।
क्याम्पको अवलोकन गर्नुहुँदै बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले क्षयरोगमुक्त पालिका अभियान अन्तर्गत सेवा सञ्चालन गरिएको बताउनुभयो । उहाँले नसर्ने रोग विरुद्धको अभियानलाई पालिकाभित्र समुदायस्तरमा पुर्‍याइने बताउनुभयो । उहाँले स्थानीय सरकारले जनताको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो
स्क्रिनिङ क्याम्प अर्न्तगत दोस्रो दिन ६ सय २ जनाको डिजिटल एक्स–रे मार्फत स्वास्थ्य परिक्षण गर्नुका साथै नमुना संकलन गरिएको छ । जसमध्ये १२ जनामा क्षयरोग पुष्टि भएको बागमती गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ताले बताउनुभयो । उहाँका अनुसार ६५ जना शंकास्पदको नमुना संकलन गरी परिक्षणका लागि हेटौंडा अस्पताल पठाइएको छ । जसको रिपोर्ट केही आउने उहाँले बताउनुभयो । क्षयरोग पुष्टि भएकाहरुको गाउँपालिकाले निशुल्क उपचार गरिदिने छन् । क्याम्पमा सुगर परिक्षण गराएकोमध्ये ४५ जनामा पुष्टि भएकोे जनाएको छ ।
पहिलो दिन राईगाउँमा आयोजना भएको स्क्रिनिङ क्याम्पमा ३ सय ६१ जनाको डिजिटल एक्स–रे मार्फत स्वास्थ्य परिक्षण गर्नुका साथै नमुना संकलन गरिएको थियो । जसमध्ये १७ जनामा क्षयरोग पुष्टि भएका थिए भने ४८ जना शंकास्पदको नमुना संकलन गरिएको थियो । बुधबार भएको क्याम्पमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी पनि उपस्थित हुनुुहुन्थ्यो ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.