बागमती: बागमती गाउँपालिका वडा नम्बर ८ स्थित शान्तिपुरमा दर्जनौं जनता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच पार्टी वडा नम्बर ८ कमिटीले ५ दर्जन जनतालाई पार्टीमा प्रवेश गराएर स्वागत गरेको हो ।
पार्टीमा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टी बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलानले देश र जनताको मुहार फेर्न पार्टीले काम गरिरहेको बताउनुभएको छ ।
उहाँले देशको समृद्ध र सुशासनको लागि माओवादी लडिरहेको पनि बताउनुभयो । अहिलेका सरकार गरिव जनताको पक्षमा काम नगरिरहेको पछिल्लो समयमा पार्टीमा जनताको आकर्षण बढेको र माओवादी ल्याएको व्यवस्था नै ठिक भन्ने बुझेको उहाँको भनाई छ। बागमती गाउँपालिकालाई समृद्धि बनाउन सबैको साथ आवश्यक रहेको भन्दै सबै एक भएर काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा ५० जना नेकपा एमाले र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेकपा एमालेकि सक्रिय फुलमाया थोकरको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा एमाले परित्याग गरि ४४ जना, नेपाली काङ्ग्रेस परित्याग गरि ७ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी९ राप्रपा० का ४ जना रहेका छन् ।पार्टी वडा नम्बर ८ कमिटीका अध्यक्ष पुर्ण बहादुर थिङको सभाध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी गाउँपालिका कमिटीका इन्चार्ज ज्ञान सागर भोलन, अध्यक्ष अरुण बल, सचीव रहर सिं थिङ लगायतको आतिथ्यता रहेको थियो ।