झुरझुरे: नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीका अध्यक्षमा पुन: अरुण बल चयन हुनुभएको छ ।
शनिबार सम्पन्न पार्टी गाउँपालिका कमिटीको दोस्रो सम्मेलनबाट बल सर्वसम्मत रुपमा पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
बलको अध्यक्षतामा ४५ सदस्यीय पालिकास्तरिय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षहरुमा ध्रुव थापा, बल बहादुर बल र बुद्धिमान माझी चयन हुनुभएको छ । यस्तै कमिटीको सचीवमा रहर सिं थिङ, सहसचिवमा इन्द्र बहादुर थोकर र कोषाध्यक्षमा शर्मिला माझी चयन हुनुभएको छ । नव निर्वाचित कमिटीको कार्यकाल २ वर्षको हुनेछ । नव निर्वाचित कमिटीका संयोजक प्रेम बहादुर थोकरले सपथ ग्रहण गराउनुभएको छ ।
सपथ ग्रहण कार्यक्रममा पार्टी बागमती प्रदेश कमिटीका उपाध्यक्ष प्रेम बहादुर पुलामी, सचिवालय सदस्य सर्केश घलान र बागमती गाउँ कमिटीका इन्चार्ज ज्ञान सागर भोलन लगायतको उपस्थिति रहेको थियो ।