२५ पौष २०८१/बागमती – बागमती गाउँपालिका वडा नम्बर ७ मन्साहीका झण्डै एक दर्जन एमाले र काङ्ग्रेस पार्टी परित्याग गरि माओवादीमा भएका छन। आज बिहिवार मन्साहीको घैयाखोरियामा एक कार्यक्रमका बिच अकल बहादुर वाइबाको नेतृत्वमा कुमार थापा, गोकर्ण तिमल्सिना ,बलराम ब्रामु, अनिश वाइबा ,दिपक तिमल्सिना ,अन्त नारायण गौतम ,हेमनाथ गौतम,चन्द्र कुमारी थापा ,सलिना हुमागाई , शिबकुमारी हुमागाई,प्रमिला थापा मगर,च्याप्सङ थोकर,चेत बहादुर तिमल्सिना र टिकुली माया थोकर लगायतका ब्यक्तित्वहरु माओवादीमा प्रबेश भएका छ्न।
मन्साही घैयाखोरियाका स्थानीयले ठुलोथली जाने मोटरबाटो,खानेपानी , विद्युत र तटबन्ध लगायतका विषयमा गुनासोसंगै माग पनि राखेका छ्न। वडा न.७ का अध्यक्ष अकल बहादुर गोलेको सभाध्यक्षमा भएको कार्यक्रममा नबप्रबेश आफ्ना पार्टी समर्थकहरुलाई सम्बोधन गर्नु हुँदै पार्टी कार्यक्रमका प्रमुख अथिती नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एबम बागमती गाउपालिका अध्यक्ष सर्केश घलानले जनताको मत लिएर गएकाहरुले बिर्सिए पनि आफुले सधैं सम्झिने र साथ सहयोग गरि रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
यसै क्रममा मन्तव्य राख्नु हुँदै घैयाखोरिया हुँदै ठुलोथलि जाने सडक,खानेपानी ,विद्युतका केहि समस्यको समाधानका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती कमिटीका अध्यक्ष अरुण बल ,पार्टी सचीव रहर सिं थिङ, गाउँकमिटी सदस्य टिकालाल श्रेष्ठ ,लिला आले, मनोज बल, वडा नम्बर ८ का वरिष्ठ उपाध्यक्ष करण स्याङ्तान ,सुमन थोकर लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेका थिए।