संवाददाता –आशिष बल
मकवानपुर, बागमती गाउँपालिकाको वडा नम्बर १ त्रिवेणी सामुदायिक वनमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । आज शुक्रबार विहान करिब १० बजेतिर महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको हो । स्थानीय धनबहादुर थोकर वनमा घास काट्न जाने क्रममा महिलाको शव देखे पछि गाउँलेहरुलाई खबर गरेका थिए l मृतक पहरी गत बुधबार परिवारलाई कुनै जानकारी नदिइ दिउसो घरबाट निस्केको उनका श्रीमानले बताए l
बागमती गाउँगाउँ पालिका वडा नम्बर १ भैंसे निवासी राम बहादुर पहरीकी श्रीमति अन्दाजी वर्ष ४० को विमला पहरीको शव पुष्टि भएको वडा अध्यक्ष यहुन्ना राईले जानकारी दिनु भयो l घटना स्थल वडा नम्बर १ गुर्दुम सडक खण्डदेखि करिब डेढ किलोमिटरभित्र त्रिवेणी सामुदायिक वन क्षेत्रमा रहेको अध्यक्ष राईले बताए l घटना स्थलमा प्रहरी पुगिसकेको छ l घटना बारे अनुसन्धान गरिएरहेको पोष्टमार्टम लागि शव हेटौडामा पठाएको अध्यक्ष राईले जानकारी दिनुभयो l घटना स्थलमा हेर्दा झुण्डीनका लागि आफैले लागाएको सुरुवाल प्रयोग गरेको देखिन्छ l महिलाको शव अर्धनग्न आवस्थामा रहेको अध्यक्ष राइले बताए l