पाँचपाण्डवमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम आज सम्पन्न ।

२७ माघ २०८०, शनिबार

बागमती – पाँचपाण्डवमा भइरहेको सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम आज सम्पन्न हुने भएको छ। माघ २५ गतेदेखी संचालन भैरहेको उक्त कार्यक्रम आज सम्पन्न हुने भएको हो। अस्ति बिहीबारबाट सुरु भएको कार्यक्रमको हिजो दोस्रो दिन सम्पन्न भएको हो। दुर्गा बहादुर पाख्रिनको सभाध्यक्षतामा हिजो सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सामजिक विकास मन्त्री कुमारी मोक्तान र विशेष अतिथिको रुपमा बागमती गाउँपालिकाका अध्यक्ष एवम ने क पा माओवादि बागमती प्रदेश सचिवालय सदस्य, तथा मकवानपुर जिल्लाका पार्टी संयोजक शर्केश घलानको आतिथ्य रहेको थियो।

यसैगरी अतिथिको रूपमा मकवानपुर खेकुद महासंघका उपाध्यक्ष तथा नेकपा माओवादीका गाउँ कमिटी अध्यक्ष अरुण बल, नेकपा एमाले प्रदेश कमिटी सदस्य जयबहादुर वाइबा, पालिकाका प्रशासकीय अधिकृत झमकनरयण घलान इलाका प्रहरी कार्यालय मकवानपुरका प्रमुख नारायण थापा नेपाल तामाङ घेदुङ बागमतीका अध्यक्ष तथा वाइसियल मकवानपुरका सचिव मुक्ति लामा र वडा न चारका वडा अध्यक्ष दन्तलाल माझी आदिको उपस्थिति रहेको थियो।

साथै कार्यक्रम अवलोकनका लागि छिमेकि जिल्ला काभ्रे र सिन्धुली बासिन्दाहरूको पनि उपस्थिति रहेको थियो।तामाङहरूको संस्कार र संकृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वजार व्यवस्थापन समितिले जनाएको छ।साथै कार्यक्रमले तामाङहरू बीचको आपसी सदभाव र भाइचारा ल्याउने कार्यक्रमका सभाध्यक्ष पाख्रिनले बताउनुभयो । त्यसैगरी कार्यक्रममा तामाङहरूको परम्परागत संस्कृति झलकाउने लामा र बोनबोको झाँकी प्रदर्शनी समेत रहेको थियो।

कर्यक्रममा स्थानीय परिकारहरुको पनि प्रदर्शनी भएको थियो। कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनको लागि राष्ट्रिय कलाकारहरु मनोज बल ,प्रतीक ब्लोन विहिन दोङ, करण विष्ट र आस्थकलाकेन्द्र मनहरीको बेजोड प्रस्तुति समेत रहेको थियो। कार्यक्रमको संचालन भने गायक मनोज अल र रेडियो झुर्झुरेकी कार्यक्रम सञ्चालिका युनीशा घिसिङले गरेकी थिइन्।

प्रतिक्रिया