देवकी माविमा शिक्षकहरुलाई विद्युतीय हाजिरी लागु हुने

२९ माघ २०८०, सोमबार

बागमतीः बागमती गाउँपालिका वडा नम्बर ५ स्थित देवकी मावि शिक्षकहरुलाई विद्युतीय हाजिरी लागु हुने भएको छ । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले यस्तो निर्णण गरेको विद्यालयका प्रधानाध्यापक चन्द्र थापाले जानकारी दिनुभयोे ।

गत बिहिबार निर्वाचित विद्यालय व्यवस्थापन समितिको पहिलो पटक बसेको बैठकले यस्तो निर्णय गरेको हो । उहाँले २८ जना शिक्षक तथा कर्मचारीलाई यो निर्णय लागु हुने उहाँले बताउनुभयो । यस्तै बैठक प्रत्येक हप्ता व्यवस्थापन समितिबाट अनुगमन गरिने उहाँले बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको सुधार गर्न शिक्षक, अभिभावक र व्यवस्थापन समिति सबैको महत्वपुर्ण भुमिका रहने उहाँले बताउनुभयो । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा अहिले ८ सय ७६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्त बहादुर थिङको सभाध्यक्षतामा भएको बैठकमा बागमती–५ का वडाध्यक्ष विजय भोलन र व्यवस्थापन समितिका सदस्यहरु वीर बहादुर थिङ, चित्रबहादुर पुलामी लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.