माझी मुक्ति मोर्चाको ५ औँ जिल्ला सम्मेलन हुने भएको छ। बकैया गाउँपालिका ७ स्थित हात्ती खोलामा आगामी फागुन ७ गते उक्त सम्मलेन हुने मोर्चाका जिल्ला अध्यक्ष बुद्धिमान माझीले बताउनुभयो। सम्मेलनको समुद्घाटन प्रतिनिधि सभा सदस्य उर्मिलाको प्रमुख आतिथ्यमा हुने उहाँले बताउनुभयो।
जिल्लाभरी छरिएर रहेका माझिहरुविच आपसी सदभाव कायम राखी एकताको भावना जगाउनु साथैमाझी समुदायको आवाज बुलन्द गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अधक्ष्य माझीले बताउनुभयो। सम्मेलनमा माझीहरूको परम्परागत संस्कृति, नृत्य, भाषा ,भेषभुषा र झाँकी प्रदर्शनी समेत रहने उहाँले बताउनु भयो। ने क पा माओवादी निकट माझी मुक्ति मोर्चाको यो ५ औँ जिल्ला सम्मेलन हुने बागमती गाउँपालिकाकी कार्यपालिका सदस्य भगवती माझीले बताइन्।
त्यसैगरी सम्मेलनमा माझीहरूको ऐतिहासिक तथा धार्मिक महत्वका विषयमा पनिगहिरो छलफल हुने र माझी समुदायको हकमा राज्यले गरेका काम कारबाहीको समेत छलफल हुनेर मोर्चाका जिल्ला अधक्ष्य बुद्धिमान माझीले जानकारी दिनुभयो। यसैगरी माझी मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन भने आउँदो फागुन २७ गते हुने उहाँको भनाई छ।