बागमती गोल्डकपः जाउलाखेल युथ क्लबलाई हराउँदै  मछिन्द्र क्लब  सेमिफाइनल प्रवेश।

बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तेस्रो क्वाटरफाइनल खेल सम्पन्न भएको छ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा सेमिफाइनल प्रवेशका लागि मछिन्द्र युथ क्लब र जावलाखेल युथ क्लब बीच खेल भएको हो  ।

दुई टिमबीचको खेल दिउँसो ३ बजेर २० मिनेटमा   सुरु भएको थियो। खेलको निर्धारित समय भित्र दुबै टिमको तर्फबाट  गोल  नभए  पछि खेल  ट्राइब्रेकरमा  गएको हो।ट्राइब्रेकरमा  जावलाखेलका छिरिङ लामा ,अशोक खवास ,अनिल महर्जन  र सुनिल खडका  पेनाल्टी शुटाउटमा सहभागी भएकोमा छिरिङ लामाले मात्रै गोल गरे भने मछिन्द्र क्लबका बिशाल तामाङ ,बिमल घर्ती मगर,अभिषेक गुरुङ र कृस्टोफर चिजोबाले सहभागी भएकोमा बिमल घर्ती मगरले मात्रै असफल प्रहार गरे। त्यो सङै मछिन्द्र क्लबसंग जाउलाखेल १-३ गोल अन्तरले  पराजित भयो। जउलाखेल बागमती गोल्डकपको तेस्रो संस्करणको बिजेता हो भने मछिन्द्र दोस्रो सस्करणको  उपविजेता समेत हो । खेलको म्यान अफ द म्याच मछिन्द्र क्लबका प्रदिप भन्डारी घोसित भए।विजयी टिम मछिन्द्रले भोलि  फाइनल प्रवेशका लागी भोलि न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.