५३ किलो ५९० ग्राम लागूऔषध गाँजा सहित ३ जना नियन्त्रणमा ।

मिती २०८०फागुन ०८ गते बेलुका ८:३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ११ स्थित राप्ती पुल नजिक सडकमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा मनहरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ग २३ प ६४३८ नं.को मोटरसाइकल सह चालक जिल्ला मकवानपुर मनहरी गाँउपालिका वडा नं.२ बस्ने बर्ष २७ को राज कुमार स्याङवो, सोही मोटर्साइकल साइकलको पछाडी सवार मनहरी बस्ने बर्ष २४ को पल्कु राज कुमार स्याङवो र बागमती प्रदेश ०३-००५ प ८९८४ नं. को मोटरसाइकल चालक मनहरी बस्ने बर्ष २३ को राम बहादुर स्याङवोलाई शंका लागि निजहरुको शरीर तथा मोटरसाइकल समेतको रितपुर्वक खानतलासी गर्दा ग २३ प ६४३८ नं.को मोटरसाइकलमा राज कुमार स्याङवो र पल्कु राज कुमार स्याङवोले लागू औषध गांजा ३५ किलो ८०० ग्राम र बागमती प्रदेश ०३-००५ प ८९८४ नं. को मोटरसाइकल चालक राम बहादुर स्याङवोले १७ किलो ७९० ग्राम गरी जम्मा ५३ किलो ५९० ग्राम लागुऔसद गांजा फेला परेको हुंदा उक्त ला.औ., मो.सा. सहित निजहरु राज कुमार स्याङवो, पल्कु राज कुमार स्याङवो र राम बहादुर स्याङवोलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट १२ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको मकवानपुर प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनु भयो।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.