बागमती गाउँपालिकामा चैत २ गते देखि आधारभूत तह कक्षा ५ र ८ को परिक्षा हुने भएको छ। बागमती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा बागमती गाउँपालिका गाउँकार्यपालिकाको कार्यलयले मिति २०८० फागुन ६ गते प्रकाशित गरेको सूचनामा चैत २ गते देखि ९ गतेसम्म परिक्षा चल्ने उल्लेख छ।
परिक्षाको लागि आवश्यक प्रस्न पत्र चैत १ र २ गते वितरण गरिने ,स्थानीय विषयको प्रस्नपत्र बिद्यालय आफैंले तयार पारी परिक्षा समितिलाई एक प्रती बुझाउने भनिएको छ। परिक्षा केन्द्राध्यक्षले तोके बमोजिम हुने ,परिक्षा आचारसंहिता लागू गर्ने गराउने केन्द्राध्यक्षकै जिम्मेवारी हुने उल्लेख छ।विषयगत प्रयोगात्मक मुल्यांकन पश्चात् चैत १० गते भित्र emis मा प्रबिस्ट गरि सक्नु पर्ने र कक्ष ८ को हकमा अंग्रेजि ,नेपाली ,गणित, बिज्ञान तथा प्रबिधि र सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षाको उत्तर पुस्तिका परिक्षण गरि आवश्यक कागजत चैत १५ गते भित्र शिक्षा युवा तथा खेलकुद शाखामा बुझाइ सक्नु पर्ने पालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख छ।