ब्रेकिङ न्युज

बागमतीको बेतिनीमा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न ।

बागमतीको बेतिनीमा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न ।

ब्रेकिङ न्युज
२८ जेठ २०८१, सोमबार / बागमती - बेतिनीमा  जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ। सोमबार  बागमती गाउँपालिका वडा नम्बर ९ को आयोजनामा कार्यक्रम भएको हो। आर्थिक बर्ष २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रम एबम बजेट तर्जुमा गर्ने तयारी गर्दै गरेको सन्दर्भमा बागमती गाउँपालिकाले जनतासंग जनप्रतिनिधि कार्यक्रम गरेको हो। बागमती ९ का अध्यक्ष पुनराम घलानको सभाध्यक्षतामा कार्यक्रम भएको हो भने कार्यक्रमको प्रमुख अथिती बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान रहनु भएको थियो।साथै कार्यक्रममा बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान, सदस्यहरुको उपस्थितिमा जनताको रायसल्लाह ,सुझाव लिने उदेशले आयोजना भएको यस कार्यक्रममा वडा नम्बर ९ का विभिन्न क्षेत्रमा आबद्ध भएका ब्यक्तित्वहरुले आफ्नो राय सल्लाह सुझाव र क्षेत्रानुसारको बिकास निर्माणका बारेमा सल्लाह ,सुझाब र चासो व्यक्त गरेका छन।यस ...
माझगाउँमा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न ।

माझगाउँमा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न ।

ब्रेकिङ न्युज
२७ जेठ २०८१, आइतबार / बागमती - माझगाउँमा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ। आइतबार  बागमती गाउँपालिका वडा नम्बर १को आयोजनामा कार्यक्रम भएको हो। आर्थिक बर्ष २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रम एबम बजेट तर्जुमा गर्ने तयारी गर्दै गरेको सन्दर्भमा बागमती गाउँपालिकाले जनताको राय सल्लाह सुझावलाई लिने उदेश्यले जनतासंग जनप्रतिनिधि कार्यक्रमको आयोजना गरेको वडाध्यक्ष यहुन्ना राइले बताउनु भएको छ। बागमती १ का अध्यक्ष युहन्ना राइको सभाध्यक्षतामा कार्यक्रम भएको हो भने कार्यक्रमको प्रमुख अथिती बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान रहनु भएको थियो।साथै कार्यक्रममा बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान, प्रशासन शाखा अधिकृत सार्थक घिमिरे लगायतका अथितीहरुको पनि उपस्थिती रहेको थियो। जनताको रायसल्लाह ,सुझाव लिने उदेशले आयोजना भएको यस कार्यक्रममा वडा नम्बर एकका विभिन्न...
पाथीभरामा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न ।

पाथीभरामा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न ।

ब्रेकिङ न्युज
बागमती ७ का अध्यक्ष उत्तर बहादुर भोलनको सभाध्यक्षतामा कार्यक्रम भएको हो भने कार्यक्रमको प्रमुख अथिती बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान रहनु भएको थियो।साथै कार्यक्रममा बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान,कार्यपालिका सदस्य डम्बर बहादुर बि.क. ,वडा नम्बर ८ का अध्यक्ष इन्द्रमाणी तिमल्सिना , प्रशासन शाखा अधिकृत सार्थक घिमिरे लगायतका अथितीहरुको पनि उपस्थिती रहेको थियो। जनताको रायसल्लाह ,सुझाव लिने उदेशले आयोजना भएको यस कार्यक्रममा वडा नम्बर एकका विभिन्न क्षेत्रमा आबद्ध भएका ब्यक्तित्वहरुले आफ्नो राय सल्लाह सुझाव र क्षेत्रानुसारको बिकास निर्माणका बारेमा सल्लाह ,सुझाब र चासो व्यक्त गरेका छन।यस क्रममा वडा नम्बर ७ युवाहरूले राजनीतिक शक्तिको आडमा भौतिक बिकास निर्माण कार्य समाबेसी नभएको, नेताकै घर वरिपरि भएको भन्दै  राज्यको सम्पत्ति दुरुपयोग गरेको गुनासो राखेका छन। ...
वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा ४ ए टिमलाई ।

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा ४ ए टिमलाई ।

ब्रेकिङ न्युज
बागमती: बागमती गाउँपालिकामा आयोजना भएको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक ४ नम्बरको ए टिमले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ८ लाई ४–१ गोलले हराउँदै आयोजकले उपाधि जितेको हो । ४ नम्बरको जितमा सुबास थिङ र अमर पाख्रिनले दुई–दुई गोल गरे । यस्तै ८ नम्बरका अविन भोलनले एक गोल फर्काएका थिए । उपाधि विजेता आयोजक ए ले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता ८ नम्बरले १५ हजार रुपैयाँमा चित्त बुझाएका छन् । प्रतियोगितामा ४ नम्बरका क्रमशः सर्बोत्कृष्ट खेलाडी सुबास थिङ, उत्कृष्ट गोलरक्षक पवन आले मगर, डिफेन्डर ज्ञान बहादुर जिम्बा र फरवार्ड अमर पाख्रिन घोषित भए । यस्तै ८ नम्बरका नविन भोलन उत्कृष्ट मिडफिल्डर घोषित भए । शुक्रबार भएको सेमिफाइनल खेलमा वडा नम्बर २ लाई १–० गोलले हराउँदै आयोजक ए टिम फाइनलमा प्रवेश गरेको थियो भने वडा नम्बर ६ लाई १–० गो...
छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौँ : प्रधानमन्त्री

छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौँ : प्रधानमन्त्री

ब्रेकिङ न्युज
पोखरा, २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताउनुभएको छ । पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गर्नुभयो । “फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु, हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टीनुभयो, त्यो बाटो सही सावित भएन, हामी सही छौँ । हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ । म उहाँहरूलाई स्वागत गर्न तयार छु ।” बर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय ...
हेटौडामा टिभिएसको मनसुन अफर

हेटौडामा टिभिएसको मनसुन अफर

ब्रेकिङ न्युज
बागमती , २४ जेठ/ टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रा.लि. ले मनसुन अफर सार्वजनिक गरेको छ । मनसुन अफर अन्तरगत जगदम्बा मोटर्स प्रा.लि.को हेटौंडाका लागि आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टमा जेठ २३ गतेदेखि २८ गतेसम्म एस्चेन्ज अफर संचालनका आएको सञ्चालक प्रबेश राज बरुवालले बताए । मनसुन अफरको अवधिमा नयाँ मोटरसाईकल र स्कुटरहरु खरिद तथा पुराना मोटरसाईकल र स्कुटरहरुसंग नयाँ मोटरसाईकल र स्कुटरहरु साट्न सकिने बरुवालले बतााए ।  हेटौंडा ४ रानी दरबार अगाडि रहेको हेटौंडा अटो मार्टमा टिभिएसका मोटरसाईकल, स्कुटर, अटो बिक्री गरिदै आएको छ । अटो मार्टमा मोटरसाईकल, स्कुटर मर्मत र सर्भिसिङ गरिनुका साथै स्पेयर पार्टहरु सुपथ मूल्यमा पाईने अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए ।  अफरमा मोटरसाईकल र स्कुटरहरु एक्सचेन्ज वा नयाँ खरिद गर्दा ग्रहाकले अतिरिक...
मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष श्रेष्ठको निधन

मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष श्रेष्ठको निधन

ब्रेकिङ न्युज
  मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष तथा जिल्ला कै सक्रिय रेफ्री समेत रहेका अकिल लाल श्रेष्ठको ४० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । परिवारिक स्रोतका अनुसार बुधबार छातीमा दुखाई भएपछि अस्पताल लगेर परीक्षण समेत गराइएको थियो । यद्यपि राती थप दुखाई बढेपछि उनलाई अस्पताल लैजाने क्रममा निधन भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए । हेटौडा–१३ का स्थानीय वासिन्दा समेत रहेका दिवंगत रेफ्री श्रेष्ठको बिहीबार नै अन्त्येष्टी गरिने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए । साथै रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले बिहिबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ । श्रेष्ठको श्रीमति र एक छोरा छन् । ...
आबधिक योजना केन्द्रमा राखेर बजेट ल्याइन्छ ः मुख्यमन्त्री जम्कट्टेल

आबधिक योजना केन्द्रमा राखेर बजेट ल्याइन्छ ः मुख्यमन्त्री जम्कट्टेल

ब्रेकिङ न्युज
हेटौंडा, २१ जेठ -अञ्जली थापा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आबधिक योजनालाई केन्द्रमा राखेर आर्थिक बर्ष २०८१÷८२ को ल्याईने बताउनुभएको छ । बागमती प्रदेशको दोस्रो आबधिक योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा प्रदेश विकास परिषद्को बैकठमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले बहुबर्षिय आयोजनाहरुमा लगानि गर्ने बताउदै भन्नुभयो “ हाम्रो समस्या भनेको बर्षैचिच्छे योजना फेर्नु हो, योजना कार्यान्वयन गरेर प्रतिफल ल्याउनको लागि यसलाई फेर्नु हुँदैन ।” प्रदेश सरकारले एउदै योजनामा ५ बर्ष काम गर्ने जानकारी दिनुभयो । कृषकको निर्बाहमुखी कृषिलाई ब्यबसायिक कृषिमा रुपान्तरण गर्नको लागि समुदायमा आधारित र एक वडा एक पकेट क्षेत्र कृषि योजना लागु गरिने उहाँको भनाई छ । महिलालाई उद्यमसंग जोड्दै उद्यमविकास गर्ने सरकारको लक्ष्य बमोजिम ३५ वटा पालिकामा गृहिणी म...
माओवादी केन्द्रको नेतृत्वमा सुशासन सम्भव रहेको पुष्टि भएको छ – मन्त्री मोक्तान

माओवादी केन्द्रको नेतृत्वमा सुशासन सम्भव रहेको पुष्टि भएको छ – मन्त्री मोक्तान

ब्रेकिङ न्युज
२१ जेठ, मकवानपुरनेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यतिबेला मुलुकमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको पुष्टि भएको बताउनु भएको छ। मन्त्री मोक्तानले अरु पार्टीबाट सुशासन सम्भव नहुने दावि गर्दै हुने भएको भए पहिले नै सुशासनको अभियान प्राथमिकतामा रहने जिकिर गर्नुभयो।नेकपा (माओवादी केन्द्र) कैलाश गॅाउपालिका स्तरीय जबस मोर्चाहरु पालिका स्तरीय संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले भन्नुभयो, “माओवादीमा सहि विचार र नेतृत्व भएकोले नै संस्थागत भ्रष्टाचारमा ठुला पार्टीका ठुला नेताहरुको नाम जोडिदा पनि यो अभियान निर्भिकतापूर्वक अगाडी बढेको छ ।” कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मकवानपुरको जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य विजय गौतमले माओवादीले सुशासनला...
सप्तकन्या आधारभूत बिद्यालयको २ कोठे पक्की भवन  र शौचालय उदघाटन।

सप्तकन्या आधारभूत बिद्यालयको २ कोठे पक्की भवन र शौचालय उदघाटन।

ब्रेकिङ न्युज
१४ जेठ २०८१,सोमबार बागमती - सप्तकन्या आधारभूत विद्यालयको २ कोठे पक्की भवन र पक्की शौचालय उदघाटन भएको छ।हिजो आइतबार बागमती गाउँपालिका वडा नम्बर ९ गहतेस्वारामा उक्त विद्यालयको भवन र शौचालयको एकै पटक उदघाटन भएको हो। यस भवन र शौचालय निर्माणको लागि बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयबाट आ.व. २०७९ / ०८० को बजेटबाट २५ लाख र २०८०/८१ को बजेटबाट १० लाख गरि जम्मा ३५ लाख दुइकोठे भवन र शौचालय निर्मामनार्थ बिनियोजन भैइ आएको थियो। उदघाटन कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्यततामा भएको हो। कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै मन्त्री मोक्तानले गुणस्तरीय शिक्षा प्राप्तिको लागि शिक्षक मात्रै होइन अविभाकहरुको पनि सक्रिय हुनु पर्ने बिचार व्यक्त गर्नु भयो।शिक्षा क्षेत्रको बिकास विद्यालयमा अभिभावकको चासो,शिक्षकको मेहनत ,इमानदारीता भएन भने भवन मात...