२०८१ पुष ६, शनिबार ०३:१०
२०८१ पुष ६, शनिबार ०३:१०
बागमतीः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १, माझगाउँस्थित सुर्य माविको स्वर्ण जयन्ती अन्तर्गत आयोजना भएको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई र बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि पुलामीले दीप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको सुरुवातमा सूर्य मावि स्काउटले मार्च पास र कला प्रदर्शन गरेका थिए । कार्यक्रमका बीच सूर्य मावि स्मारिका विमोचन गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले विज्ञान कला प्रदर्शन, विव्यस अध्यक्ष वीर बहादुर राईले विव्यसको कार्यसम्पादन प्रतिवेदन तथा कार्यपत्र प्रस्तुत र प्रधानाध्यापक दिल बहादुर भोलनले विद्यालयको प्रतिवेदन…