स्थानिय

बागमती गाउँपालिकामा अपाङ्ग परिचय पत्र वितरण हुँदै। ।

बागमती गाउँपालिकामा अपाङ्ग परिचय पत्र वितरण हुँदै। ।

समाचार, स्थानिय
बागमती गाँउपालिकामा अपाङ्गता परिचय-पत्र वितरण गरिँदै छ । पालिकाले आफ्नै कार्यालयकाे भवनबाट ९ वटै वडाका अपाङ्ग नागरिकलाई उक्त परिचय पत्र वितरण गर्ने भएको छ । पालिकाले शारीरिक र मानसिक अपाङ्ग भएकाहरूलाई सहज हुने गरि ३ दिने शिविरकाे आयाेजना गरेको हाे । शिविर वागमती गाउँपालिकाको कार्यपालिका भवनमा आयोजना गरिएको छ। ३ दिने शिविरकाे हिजो पहिलाे दिन वडा नं. १, २ र ३ का अपाङ्ग नागरिकलाई अपाङ्गता परिचय-पत्र वितरण गरिएकाे थियाे । उदघाटनकाे दिन बुधवार १४ जनाले अपाङ्गता परिचय-पत्र प्राप्त गरेका छन । जस मध्ये रातो ‘क’ वर्गकाे १ जना, निलो ‘ख’ वर्गकाे ११ जना र पहेँलो ‘ग’ वर्गकाे २ जना गरि जम्मा १४ जनाले परिचय-पत्र प्राप्त गरेका हुन्। १ जनाको परिचयपत्र अध्यावधिक गरिएसँगै र १३ जनालाई नयाँ परिचय-पत्र प्रदान गरिएको छ ।शिविर आज वडा नं. ४, ५, र ७ मा संचालन गरिने छ । रत्यसैगरी शिविरको अन्तिम दिन अर्थात भोलि चै...
माझि र मगर समुदायको लदि पर्वमा बागमती गाउँपालिकाले फागुन १५ गते सार्बजनिक बिदा दियो

माझि र मगर समुदायको लदि पर्वमा बागमती गाउँपालिकाले फागुन १५ गते सार्बजनिक बिदा दियो

स्थानिय
लदि पर्वको अवसरमा भोलि बागमती गाउकालिकाले बिदा दिने भएको छ । माझी सामुदायको राष्ट्रिय पर्वको रुपमा मनाइने लदी पर्वको अवसरमा बागमती गाउपलिकाले बिदा दिएको हो । हिजो १३ गते एक सूचना जारी गर्दै पालिकाले बिदा दिएको सूचना सार्बजनिक गरेको हो। माझी र मगर समुदायको उल्लेख्य बसोबास रहेको यस पालिकामा भोलि फागुन १५ गतेका दिन माझी समुदायको लदी पुजा र राष्ट्रिय मगर दिवसको अवसरमा सार्बजनिक बिदा दिने निणर्य भएको र उक्त दिन गाउपालिका भित्रका सम्पूर्ण सार्वजनिक  कार्यालय ,सरकारी कार्यालय , शिक्षण संस्था एवं बैक तथा बितिय संस्थाहरु बन्द रहने सुचनामा उल्लेख छ । माझी समुदायले नदीलाई आफ्नो कुल देवताको रुपमा पुजा गर्दै आएकाले यस पर्व (लदि) लाई अत्यन्तै महत्वपूर्ण पर्वको रुपमा लिइन्छ ।माझी समुदायको राष्ट्रिय पर्वको रूपमा मनाइने यस पर्वमा माझीहरूको परम्परागत संस्कृति र रीतिरिवाजको प्रदर्शनी हुने गर्दछ। नदीलाई आफ...
माझी समुदायको राष्ट्रिय पर्व कोशी पुजा (लदी)को अवसरमा ,मरिण गाउँपालिकाले दियो बिदा ।

माझी समुदायको राष्ट्रिय पर्व कोशी पुजा (लदी)को अवसरमा ,मरिण गाउँपालिकाले दियो बिदा ।

स्थानिय
बागमती -सिन्धुलीको मरिण गाउँपालिकाले माझि समुदायको राष्ट्रिय पर्व कोशी पूजा (लदि ) को अवसरमा सार्वजनिक विदा दिने भएको छ । फागुन १५ गते माझि समुदायको राष्ट्रिय पर्व कोशी पूजाको दिन मरिण गाउँपालिकाको गाउँकार्यपालिकाले स्थानिय विदा दिने निर्णय गरेको हो । माझि समुदायको बहुल्यता रहेको मरिण गाउँपालिकाले बिहीवार एक सुचना मार्फत कोशी पूजाको अवसरमा विदा दिने जानकारी दिएको छ । माझि समुदायले मरिणको छापमा विशेष कोशी पुजा गरेर मनाउने गरेका छन् । सो पूजाको अवसरमा खोलामा गएर जल देवताको पूजा, शिनेभुमे, गणेश, शिव तथा स्थानीयको देवता, पन्चकन्या पोखरीमा पूजा गरिने नेपाल माझि उत्थान संघ जिल्ला कार्यसमिती सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले बताउनु भयो । “यस अवसरमा जल देबतालाई पुजाआज गरी प्रसाद ग्रहण गर्न चलन रहेको छ। यसरी पूजा गर्नुको उदेश्य जल देवतालाई खुशी पारेमा अन्न बाली सप्रने, मानिस स्वस्थ रहने ध...
पाँचपाण्डवमा  सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम आज सम्पन्न ।

पाँचपाण्डवमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम आज सम्पन्न ।

स्थानिय
२७ माघ २०८०, शनिबार बागमती - पाँचपाण्डवमा भइरहेको सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम आज सम्पन्न हुने भएको छ। माघ २५ गतेदेखी संचालन भैरहेको उक्त कार्यक्रम आज सम्पन्न हुने भएको हो। अस्ति बिहीबारबाट सुरु भएको कार्यक्रमको हिजो दोस्रो दिन सम्पन्न भएको हो। दुर्गा बहादुर पाख्रिनको सभाध्यक्षतामा हिजो सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सामजिक विकास मन्त्री कुमारी मोक्तान र विशेष अतिथिको रुपमा बागमती गाउँपालिकाका अध्यक्ष एवम ने क पा माओवादि बागमती प्रदेश सचिवालय सदस्य, तथा मकवानपुर जिल्लाका पार्टी संयोजक शर्केश घलानको आतिथ्य रहेको थियो। यसैगरी अतिथिको रूपमा मकवानपुर खेकुद महासंघका उपाध्यक्ष तथा नेकपा माओवादीका गाउँ कमिटी अध्यक्ष अरुण बल, नेकपा एमाले प्रदेश कमिटी सदस्य जयबहादुर वाइबा, पालिकाका प्रशासकीय अधिकृत झमकनरयण घलान इलाका प्रहरी कार्यालय मकवानप...
बागमती गाउँपालिकाको वडा नम्बर १ मा झुण्डीएको अवस्थामा महिलाको शव फेला

बागमती गाउँपालिकाको वडा नम्बर १ मा झुण्डीएको अवस्थामा महिलाको शव फेला

ब्रेकिङ न्युज, स्थानिय
संवाददाता –आशिष बल मकवानपुर, बागमती गाउँपालिकाको वडा नम्बर १ त्रिवेणी सामुदायिक वनमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । आज शुक्रबार विहान करिब १० बजेतिर महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको हो । स्थानीय धनबहादुर थोकर वनमा घास काट्न जाने क्रममा महिलाको शव देखे पछि गाउँलेहरुलाई  खबर गरेका थिए l मृतक पहरी गत बुधबार परिवारलाई कुनै जानकारी नदिइ  दिउसो घरबाट निस्केको उनका श्रीमानले बताए  l बागमती गाउँगाउँ पालिका वडा नम्बर १ भैंसे निवासी राम बहादुर पहरीकी  श्रीमति अन्दाजी वर्ष ४० को विमला पहरीको शव पुष्टि भएको वडा अध्यक्ष यहुन्ना राईले जानकारी दिनु भयो l घटना स्थल वडा नम्बर १ गुर्दुम सडक खण्डदेखि करिब डेढ किलोमिटरभित्र त्रिवेणी सामुदायिक वन क्षेत्रमा रहेको अध्यक्ष राईले बताए l घटना स्थलमा प्रहरी पुगिसकेको छ l घटना बारे  अनुसन्धान गरिएरहेको पोष्...