समाचार

फापरबारी दुग्ध सहकारीको साधरण सभा सम्पन्न।

फापरबारी दुग्ध सहकारीको साधरण सभा सम्पन्न।

कृषि, ब्रेकिङ न्युज, समाचार
फापरबारी दुग्ध सहकारीको साधरण सभा सम्पन्न भएको छ। आज दिउसो बागमती गाउँपालिका वडा नम्बर ६को फापरबारी बजारमा रहेको बेतिनी हेल्थपोस्टको सभा हलमा कार्यक्रम भएको हो । फापरबारी दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडका अध्यक्ष ध्रुव थापाको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अथिती बागमती गाउपालिका अध्यक्ष सर्केश घलान हुनुहुन्थ्यो। कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै अध्यक्ष घलानले किसानलाई उत्पादन मात्रै गर्नु भनेका छैनौ चाहिने आवश्यक अनुदानको ब्यवस्था पनि गरेका छौ त्यसलाई किसानले इमानदारीता पुर्बक सदुपयोग गर्नु पर्ने बताउनु भयो। यसै क्रममा बिगतमा भएका कमिकम्जोरीलाइ सच्याउदै अगाडी बढ्न आग्रह समेत गर्नु भयो। दुग्ध सहकारीको कमिकम्जोरीले गर्दा किसानहरु निरास हुने अवस्था हुनु नहुने बताउनु उहाँको भनाइ थियो। आफ्नो ठाउँमा उत्पादन गरेर किसानलाई आत्म निर्भर वा जीवन स्तर उकास्न सके मात्रै परिणाम देखिने अ...
बागमती गाउँपालिकामा अपाङ्ग परिचय पत्र वितरण हुँदै। ।

बागमती गाउँपालिकामा अपाङ्ग परिचय पत्र वितरण हुँदै। ।

समाचार, स्थानिय
बागमती गाँउपालिकामा अपाङ्गता परिचय-पत्र वितरण गरिँदै छ । पालिकाले आफ्नै कार्यालयकाे भवनबाट ९ वटै वडाका अपाङ्ग नागरिकलाई उक्त परिचय पत्र वितरण गर्ने भएको छ । पालिकाले शारीरिक र मानसिक अपाङ्ग भएकाहरूलाई सहज हुने गरि ३ दिने शिविरकाे आयाेजना गरेको हाे । शिविर वागमती गाउँपालिकाको कार्यपालिका भवनमा आयोजना गरिएको छ। ३ दिने शिविरकाे हिजो पहिलाे दिन वडा नं. १, २ र ३ का अपाङ्ग नागरिकलाई अपाङ्गता परिचय-पत्र वितरण गरिएकाे थियाे । उदघाटनकाे दिन बुधवार १४ जनाले अपाङ्गता परिचय-पत्र प्राप्त गरेका छन । जस मध्ये रातो ‘क’ वर्गकाे १ जना, निलो ‘ख’ वर्गकाे ११ जना र पहेँलो ‘ग’ वर्गकाे २ जना गरि जम्मा १४ जनाले परिचय-पत्र प्राप्त गरेका हुन्। १ जनाको परिचयपत्र अध्यावधिक गरिएसँगै र १३ जनालाई नयाँ परिचय-पत्र प्रदान गरिएको छ ।शिविर आज वडा नं. ४, ५, र ७ मा संचालन गरिने छ । रत्यसैगरी शिविरको अन्तिम दिन अर्थात भोलि चै...
बागमतीमा कुखुराको चल्ला बोकेको बोलेरो दुर्घटना  ग्रस्त, चालक र सहचालक घाइते ।

बागमतीमा कुखुराको चल्ला बोकेको बोलेरो दुर्घटना ग्रस्त, चालक र सहचालक घाइते ।

समाचार
बागमती - बागमती गाउँपालिका ५ स्थीत कोइराला दमारमा आज बिहान बलेरो दुर्घटना भएको छ। नवलपरासीबाट दोलखाको चरिकोट तर्फ जाँदै गरेको लु.च.४४०५ नम्बरको बलेरो दुर्घटनामा परेको हो। बिहान करिब ४ बजे मदनभण्डारी लोकमार्ग अन्तर्गत पर्ने  बागमती गाउपालीका वडा नम्बर ५,को कोइराला दमारमा एक्कासी अनियन्त्रित भई बोलेरो दुर्घटनाग्रस्त भएको हो। बोलेरोमा सवार दुई जना सामान्य घाइते भएका घाइते भएका छन ।घाइतेहरु नवलपरासी बर्दघाट नगरपालिका १४ घर भएका २३ वर्षका सन्दिप भुजेल र बर्दघाट नगरपालिकाकै  २१ वर्षका समुन्द्र सुनार रहेका छन्। उपचारका लागि घाइतेहरुलाई बागमती -४। मा रहेको सानभी हेल्थ पोलिक्लिनिकमा लागिएकामा सामान्य उपचारपछि फर्किएका छन् । तीमध्ये सन्दिप भुजेल बोलेरो चालक समेत रहेका छन्। बलेरोमा लोड गरी ल्याइएको १५०० वटा कुखुरा चल्ला दुर्घटनाको क्रममा केही चल्ला मरेका  छन् भने बाकी चल्लाको दानाको अभावमा मृत्यु हुन...
टेलीफोन सेवा राम्रो नभएको ठाउँमा पुग्यो ईन्टरनेट सेवा, स्थानीयमा छायो खुसी ।

टेलीफोन सेवा राम्रो नभएको ठाउँमा पुग्यो ईन्टरनेट सेवा, स्थानीयमा छायो खुसी ।

समाचार
बागमती गाउँ पालिका वडा नम्बर -३ को वडा कार्यालयमा इन्टरनेट संचालनमा आएको छ । इन्टरनेट संचालनमा आएसंगै वडा कार्यालयबाट तीन नम्बर ३ गढन बासीले घट्ना दर्ता सहित अन्य सेवा सहज रुपमा पाएको छन। साथै बागमती गाउँपालिका वडा नम्बर ३, भित्र रहेका अन्य सरकारी कार्यलय स्वास्थ्य कार्यालय ,श्री ज्ञान मन्दिर आधारभूत विद्यालय र श्री विष्णु आधारभूत विद्यालयमा पनि नेट संचालनमा आएको छ ।     एरोनेट ईन्टरनेट सेवा कम्पनीले नेट जडान गरिएको वडा नम्बर ३ का अध्यक्ष कमान सिं पाख्रीनले जानकारी दिनु भयो। राम्रोसँग मोबाइल फोन नलाग्ने ३ नम्बरमा नेट चले पछि स्थानीय खुसी छन। अहिलेसम्म सरकारी कार्यलय संगै अन्य १७ घरधुरीले आफ्नो लागि छुट्टै एरोनेट सेवा लिएका छ्न।...
राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित ।

राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित ।

समाचार
राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै विजयी भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरे । त्यस्तै शर्माले १७ मत प्राप्त गरे । राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल विजयी अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत पाए । त्यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिएका छन् । त्यस्तै राष्ट्रिय सभामा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद रहेका छन् । कांग्रेसले आफ्नोबाहेक लोसपाको १ मत पाएको छ । बुधबारको निर्वाचनमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले भने तटस्थ रहे । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त र...
बागमती ३ गडनमा किसानलाई स्प्रे पम्प वितरण ।

बागमती ३ गडनमा किसानलाई स्प्रे पम्प वितरण ।

कृषि, समाचार
कृषक समुहहरुलाइ स्प्रे पम्प बितरण गरिएको छ। बागमती गाउँपालिका वडा नम्बर ३, गडन कुटिभकारीमा आज एक कार्यक्रमका बिच उक्त सामाग्री वितरण गरिएको हो। बागमती गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र बागमती गाउँपालिका कृषि शाखाको समन्वयमा किसानहरुले पम्पको अभावमा बेहोर्नु परेको दुखलाइ मध्य नजर गर्दै स्प्रे पम्प वितरण गरिएको वडा अध्यक्ष कमान सिं पाख्रीनले जानकारी दिनु भयो । वडा नम्बर ३का १४ ओटा कृषि समुहलाइ २० वटा स्प्रे पम्प वितरण गरिएको छ। स्प्रे पम्प वितरण कार्यक्रमको प्रमुख अथिती एबम बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले उक्त सामाग्री हस्तान्तरण गर्नु हुदै ,श्रमको सम्मान नभएसम्म देशले प्रगति गर्नै नसकिने बताउनु भयो। साथै स्थानीय उत्पादनलाई बढाएर बजारबाट खरिद गर्ने कार्य कम गर्नु पर्ने उहाँको भनाइ थियो। भौतिक बिकासको कार्य अब अन्तिम अन्तिम भएको भन्दै अब सबै जना उत्पादन तिर लाग्नु पर्ने भन...
माझी मुक्ति मोर्चाको ५ औँ जिल्ला सम्मेलन हुने।

माझी मुक्ति मोर्चाको ५ औँ जिल्ला सम्मेलन हुने।

समाचार
माझी मुक्ति मोर्चाको ५ औँ जिल्ला सम्मेलन हुने भएको छ। बकैया गाउँपालिका ७ स्थित हात्ती खोलामा आगामी फागुन ७ गते उक्त सम्मलेन हुने मोर्चाका जिल्ला अध्यक्ष बुद्धिमान माझीले बताउनुभयो। सम्मेलनको समुद्घाटन प्रतिनिधि सभा सदस्य उर्मिलाको प्रमुख आतिथ्यमा हुने उहाँले बताउनुभयो। जिल्लाभरी छरिएर रहेका माझिहरुविच आपसी सदभाव कायम राखी एकताको भावना जगाउनु साथैमाझी समुदायको आवाज बुलन्द गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अधक्ष्य माझीले बताउनुभयो। सम्मेलनमा माझीहरूको परम्परागत संस्कृति, नृत्य, भाषा ,भेषभुषा र झाँकी प्रदर्शनी समेत रहने उहाँले बताउनु भयो। ने क पा माओवादी निकट माझी मुक्ति मोर्चाको यो ५ औँ जिल्ला सम्मेलन हुने बागमती गाउँपालिकाकी कार्यपालिका सदस्य भगवती माझीले बताइन्। त्यसैगरी सम्मेलनमा माझीहरूको ऐतिहासिक तथा धार्मिक महत्वका विषयमा पनिगहिरो छलफल हुने र माझी समुदायको हकमा राज्यले गरेका क...
मकवानपुरगढी गाउपालिकामा टिफर दुर्घटना ।

मकवानपुरगढी गाउपालिकामा टिफर दुर्घटना ।

समाचार
४ फागुन २०८०, शुक्रबार । बागमती :मकवानपुरगढी गाउपालिकामा टिफर दुर्घटना भएको छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा पर्ने भित्री सडक खण्ड सुकौराबाट शिबम सिमेन्ट फ्याक्ट्री तर्फ आउदै गरेको ना .५ ख ३००५ नम्बरको ढुङ्गा लोड रहेको टिफर दुर्घटना भएको छ। बिहान ९ बजे टिफर आफै अनियंत्रित भैइ दुर्घटना हुदा गढिगाउपालिका वडा नम्बर ८ बुढीचौरका  अन्दाजी बर्ष ३३  को संजय स्याङतान र वडा नम्बर ६ निवासी बर्ष ४२ का सुर्य बल सक्त घाइते भएको छ। घाइते दुबैलाइ हेटौंडाको चुरेहिल अस्पतालमा भैरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक एबम प्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिनु भयो।...
ट्राइब्रेकरमा हिमालयन क्लब काठमाडौ आयोजकसंग ५-४ गोलले पराजित ।

ट्राइब्रेकरमा हिमालयन क्लब काठमाडौ आयोजकसंग ५-४ गोलले पराजित ।

खेलकुद, समाचार
हिमालयन शेर्पालाई हराउँदै आयोजक बागमतीको विजयी सुरुवातबागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आयोजकले विजयी सुरुवात गरेको छ । बुधबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै आयोजक बागमतीले विजयी सुरुवात गरेको हो । निर्धारित खेल समयमा १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित खेल समयमा बागमतीको लागि एलिश चौलागाईले दोस्रो हाफको २ औं मिनेटमा र हिमालयन शेर्पाका सन्दीप श्रेष्ठले खेलको ९० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे । खेलको म्यान अफ द म्याच एलिस घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । बागमतीका गोलरक्षक उमेश पाख्रिनले ९० औँ मिनेटमा दोहोरो पहेंलो कार्ड पाएपछी मैदान बाहिरिए। त्यही अवसरलाई सदुपोग गर्दै श्रेष...