२०८१ पुष १०, बुधबार ०२:२३
२०८१ पुष १०, बुधबार ०२:२३
मकवानपुर: बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले कृश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ। बुधबार परेको क्रिसमसको अवसरमा उहाँले शुभकामना सन्देश मार्फत शुभकामना व्यक्त गर्नु भएको हो । “बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण कृश्चियन धर्मावलम्बी दाजुभाई दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा भनिएको छ । हरेक वर्ष डिसेम्बर २५ लाई ईसाई धर्मका अनुयायीहरू येशु खृस्टको जन्मदिनको रूपमा मनाइन्छ । क्रिसमसको बेला गीर्जाघरमा प्रार्थना गर्ने, घर सजावट गर्ने, उपहार आदानप्रदान गर्ने, साङ्गितिक कार्यक्रम गर्ने अनि परिवार साथीसङ्गी भेला भएर शुभकामना बाँडेर र खानपिन गरेर रमाइलो र हर्षोल्लासका साथ मनाइन्छ । “हाम्रो देश धर्म निरपेक्ष देश…