खेलकुद

छैटौं राष्ट्रिय बागमती गोल्डकपको फाइनल खेल सम्पन्न ,एपीएफलाई हराउँदै मछिन्द्रले जित्यो  गोल्डकपको उपाधी।

छैटौं राष्ट्रिय बागमती गोल्डकपको फाइनल खेल सम्पन्न ,एपीएफलाई हराउँदै मछिन्द्रले जित्यो गोल्डकपको उपाधी।

खेलकुद
बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मछिन्द्र फुटबल क्लबले जितेको छ । बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० गोलले हराउँदै मछिन्द्रले उपाधी जितेको हो । मछिन्द्रको जीतमा विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले दुई र करिमले एक गोल गरे । खेलको १४ औं मिनेटमा करिमले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै चिजोवाले खेलको दोस्रो हाफको १२ औं मिनेटमा र १८ औं मिनेटमा गोल गरे । मछिन्द्रले एक गोल भने आत्मघाती उपहार पाएको हो । खेलको दोस्रो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी स्टेफेन समीरको प्रहार एपीएफका डिफेन्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे । उपाधी हात पारेको मछिन्द्रले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन...
बागमती राष्ट्रिय  गोल्डकप प्रि म्याच कन्फेन्स, उपाधी जित्ने दुवै टिमको दाबी ।

बागमती राष्ट्रिय गोल्डकप प्रि म्याच कन्फेन्स, उपाधी जित्ने दुवै टिमको दाबी ।

खेलकुद
बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहिबार हुँदैछ । प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मछिन्द्र फुटबल क्बल र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन् । बुधबार भएको प्रि म्यान कन्फेन्समा बोल्दै मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधी जित्नका लागि राम्रो तयारी गरेको बताउनुभयो । खेलाडीहरु शारिरिक रुप ठिक भएकाले राम्रो अट्याकिङ गरेर निर्धारित ९० मिनेटभित्र गोल गर्ने गरी उपाधी जित्ने तयारी गरेको उहाँको दाबी छ । फाइनलमा राष्ट्रिय खेलाडी मनिष डांगी खेल्ने चान्स एकदम कम रहेको उहाँले बताउनुभयो । यसअघिका खेलमा पनि डांगी खेलेको थिएन । यस्तै एपीएफका म्यानेजर सुशील अधिकारीले आफु उपाधी जित्नेमा विश्वस्त र आशावादी भएको बताउनुभयो । सबै टिम जित्नका लागि नै प्रतियोगिता खेल...
त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ बागमती गोल्डकपको फाइनलमा प्रवेश।

त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ बागमती गोल्डकपको फाइनलमा प्रवेश।

खेलकुद
बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार बागमती-८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे । खेलको ३ मिनेटमा फोफनाले गरेको गोलले नै जीतको लागि पर्याप्त भयो । खेलको म्यान अफ द म्याच एपीएफका बुद्धिमान राई घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै एपीएफले फाइनलमा मछिन्द्र फुटबल क्लबको भेट पक्का गरेको छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५-१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ । बिहिबार एपीएफ र मछिन्द्रबीच उपाधीका लागि भिडन्त हुनेछ । प्रतियोगिताको विजे...
बागमती गोल्डकपः फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी र एपीएफ भिड्दै

बागमती गोल्डकपः फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी र एपीएफ भिड्दै

खेलकुद
बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा फाइनल प्रवेशका लागि विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्दैछ । दिउँसो १ हुने खेलमा दुवै टोली जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । आर्मी यसअघि भएको क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई र एपीएफ चर्च ब्वाइज युनाइटेडलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । विजयी टोलीले उपाधीका लागि बिहिबार मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ट...
एनआरटीलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको फाइनलमा प्रवेश।

एनआरटीलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको फाइनलमा प्रवेश।

खेलकुद
बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मछिन्द्र फुटबल क्बल फाइनलमा प्रवेश गरेको छ । सोमबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो । मछिन्द्रको जीतमा हिसुव थपलिया र विदेशी खेलाडी स्टेफेन समीरले दुई–दुई तथा विमल घर्ती मगरले एक गोल गरे । खेलको नवौं मिनेटमा थपलियाकोे गोलमार्फत सुरुवाती अग्रता बनाएको मछिन्द्रका लागि स्टेफेनले १३ औं मिनेटमा र ४६ औँ मिनेटमा गोल गरे भने खेलको दोस्रो हाफको १४ औं मिनेटमा थपलियाले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै घर्तीले ९१ औं मिनेटमा गोल गरे । एनआरटीका लागि खेलको दोस्रो हाफको १५ औं मिनेटमा विदेशी खेलाडी सेवेले गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेन । खेलको म्यान अफ द म्याच मछिन्द्रका थपलिया घोषित भ...
बागमती गोल्डकपको सेमिफाइनल समीकरण पुरा,आर्मीसंग आयोजक पराजित ।

बागमती गोल्डकपको सेमिफाइनल समीकरण पुरा,आर्मीसंग आयोजक पराजित ।

खेलकुद
बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । आइतबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । आइतबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई ४–० गोलले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको जीतमा जिलेस्पी जंग कार्कीले खेलको पहिलो हाफको २६ औं मिनेटमा, रास बुढा मगरले दोस्रो हाफको ८ औं, फत्तेमान घलले १८ औं मिनेटमा र कमल थापाले ३० औं मिनेटमा समान एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच आर्मीका फत्तेमान घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनल प्रवेश गरेको आर्मीले अब फाइनल प्रवेशका लागि मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्...
सेमिफाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र आयोजक खेलकुद बिकास समिति भिट्दै।

सेमिफाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र आयोजक खेलकुद बिकास समिति भिट्दै।

खेलकुद
बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार चौथो क्वाटरफाइनल खेल हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा सेमिफाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र बागमती खेलकुद बिकास समिति भिड्दैछ । दुई टिमबीचको खेल दिउसो १ बजे सुरु हुने छ।विजयी टिमले फाइनल प्रवेशका लागि ए .पि.एफ. क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।...
बागमती गोल्डकपः जाउलाखेल युथ क्लबलाई हराउँदै  मछिन्द्र क्लब  सेमिफाइनल प्रवेश।

बागमती गोल्डकपः जाउलाखेल युथ क्लबलाई हराउँदै  मछिन्द्र क्लब  सेमिफाइनल प्रवेश।

खेलकुद
बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तेस्रो क्वाटरफाइनल खेल सम्पन्न भएको छ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलमा सेमिफाइनल प्रवेशका लागि मछिन्द्र युथ क्लब र जावलाखेल युथ क्लब बीच खेल भएको हो  । दुई टिमबीचको खेल दिउँसो ३ बजेर २० मिनेटमा   सुरु भएको थियो। खेलको निर्धारित समय भित्र दुबै टिमको तर्फबाट  गोल  नभए  पछि खेल  ट्राइब्रेकरमा  गएको हो।ट्राइब्रेकरमा  जावलाखेलका छिरिङ लामा ,अशोक खवास ,अनिल महर्जन  र सुनिल खडका  पेनाल्टी शुटाउटमा सहभागी भएकोमा छिरिङ लामाले मात्रै गोल गरे भने मछिन्द्र क्लबका बिशाल तामाङ ,बिमल घर्ती मगर,अभिषेक गुरुङ र कृस्टोफर चिजोबाले सहभागी भएकोमा बिमल घर्ती मगरले मात्रै असफल प्रहार गरे। त्यो सङै मछिन्द्र क्लबसंग जाउलाखेल १-३ गोल अन्तरले  पराजित भयो। जउलाखेल बागमती गोल्डकप...
छैटौं राष्ट्रिय बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र जावलाखेल भिड्दै

छैटौं राष्ट्रिय बागमती गोल्डकपः सेमिफाइनल प्रवेशका लागि मछिन्द्र र जावलाखेल भिड्दै

खेलकुद
फापरवारि :  मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा सेमिफाइनल प्रवेशका लागि मछिन्द्र युथ क्लब र जावलाखेल युथ क्लब भिड्दैछ । दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । जावलाखेल गोल्डकपको दोस्रो संस्करणको उपविजेता र तेस्रो संस्करणको विजेतासमेत हो । विजयी टिमले फाइनल प्रवेशका लागि न्यरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ...
बागमती गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश ।

बागमती गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश ।

खेलकुद
४ फागुन २०८०, शुक्रबार । बागमतीः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा अनिष महर्जनले दुई तथा फोडे फोफनाले एक गोल गरे । खेलको दोस्रो हाफको १६ आंै मिनेटमा फोफनाले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै महर्जनले खेलको दोस्रो हाफको १६ औं मिनेटमा फोफनाको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे भने २४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको दोस्रो हाफको ८८ आंै मिनेटमा चर्च ब्वाइजका लागि विशाल बस्नेतले एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेन । खेलको म्यान अफ द म्याच म...